पर्वत । पर्वतको कुश्मास्थित प्रदेश अस्पतालमा ड्युटीमा खटिएकी नर्समाथि हातपात तथा कुटपिट गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुश्मा नगरपालिका–२ खुर्कोट निवासी २७ वर्षीय दीपक शर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार मादक पदार्थ सेवन गरी अस्पताल पुगेका शर्माले उपचारका क्रममा अस्वाभाविक व्यवहार देखाउँदै अशान्ति मच्चाएका थिए ।
सो क्रममा ड्युटीमा रहेकी २२ वर्षीया नर्सले सम्झाउन खोज्दा शर्माले गालीगलौज गर्नुका साथै हातपात र कुटपिट गरेको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले शर्मालाई कात्तिक १५ गते राति अस्पतालबाटै पक्राउ गरेको हो । प्रहरीले शर्मालीविरुद्ध स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गतको कसुरमा पर्वत जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजनकुमार पटेलले जानकारी दिएका छन् ।
स्वास्थ्यकर्मीमाथि कार्यस्थलमै हुने दुव्र्यवहार तथा हातपातका घटनाले स्वास्थ्य सेवा प्रवाहमा समेत असर पार्ने भएकाले यस्ता घटनामा कानुनी कारबाही आवश्यक रहेको छ ।



















