Spread the love

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । उनले कुल सदर मतको ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन् ।

सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन् । निर्वाचनमा कुल ७ हजार १३ मत खसेकामा ५४ मत बदर भएको छ । खड्गीले कुल खसेको मतको ५.३५ प्रतिशत मत प्राप्त गर्दा ०.७७ प्रतिशत मत बदर भएको छ । थापाले खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गरेका छन् ।

यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थापा पार्टीभित्र नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको अभियानमा सक्रिय थिए । तत्कालीन महामन्त्री थापासहितका नेताहरूको पहलमा आयोजित विशेष महाधिवेशनले उनलाई सभापतिको नेतृत्वमा पु¥याएको थियो ।

विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि कांग्रेसभित्र पार्टीको वैधानिकता, संगठनात्मक संरचना र नेतृत्वको विषयमा बहस भएको थियो। त्यसपछि सम्पन्न १५औँ महाधिवेशनको निर्वाचनबाट थापा सभापतिमा विजयी भएका हुन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्