बुटवल । रुपन्देहीमा पहिलोपटक एकेडेमी क्रिकेट लिग–२०८३ आयोजना हुने भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा बिहीबारदेखि एकेडेमी क्रिकेट लिग हुने भएको हो । बुधबार पत्रकार सम्मेलन गरी संघका अध्यक्ष हरिबहादुर थापाले युवा खेलाडीहरुलाई प्लेटफर्म दिने गरि नया फरमेटको प्रतियोगिता शुरु गरेको बताए । ‘जिल्लामा रहेका क्रिकेट एकेडेमीका खेलाडीको प्रतिभा पहिचान, प्रस्फुटन तथा उनीहरूलाई प्रतिस्पर्धात्मक क्रिकेटको अनुभव दिलाउने उद्देश्यले लिग आयोजना गर्न लागेका हौ ।’– उनले भने ।

सबै खेल ३० ओभरको ढाँचामा रातो बल प्रयोग गरी खेलाइने उनले बताए । खेलाडीलाई लामो फम्र्याटको क्रिकेट खेल्ने बानी बसाल्नुका साथै प्राविधिक पक्षमा दक्ष बनाउन समेत प्रतियोगिता लाभदायक हुने उनले बताए ।

प्रतियोगितामा स्टार क्रिकेट एकेडेमी, तिलोत्तमा क्रिकेट एकेडेमी, गुरुकुल क्रिकेट एकेडेमी, देवदह क्रिकेट युनिट एकेडेमी, बुटवल क्रिकेट एकेडेमी, वेस्टर्न क्रिकेट एकेडेमी, रुपन्देही क्रिकेट एकेडेमी र जेआर क्रिकेट एकेडेमी सहभागी हुने संघका सचिव उदयकुमार मल्लिकले जानकारी दिए ।

प्रतियोगिताका खेल सिद्धार्थ क्रिकेट रंगशाला, भैरहवा र देवदहस्थित क्रिकेट रंगशाला, शीतलनगरमा सञ्चालन हुनेछन् । ११ देखि १५ वर्ष उमेर समूहका खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने खेल संयोजक भुवन पाण्डेले बताए । उनका अनुसार विजेता र उपविजेता टोलीलाई ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिनेछ ।

मंसिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका आठवटा क्रिकेट एकेडेमीका टोली बिच दुई समुहमा प्रतिस्प्रर्धा गराईने छ । नेपाल क्रिकेट संघ (क्यान) का पूर्वसचिव प्रशान्त विक्रम मल्लले ग्रासरुट तहबाटै खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिता महत्त्वपूर्ण हुने बताए ।

 

">
Bajaj Grand Exchange Mela