काठमाडौं । नेपाल प्रहरीले ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागले मंगलबार साँझ एकैपटक ६० जना एसपीको सरुवा सूची सार्वजनिक गरेको हो।
लामो समयदेखि रोकिएको एसपी सरुवा यसपटक एकसाथ गरिएको हो। सरुवाअघि विभागले क र ख श्रेणीका कार्यालयमा खटाउन सकिने एसपीहरूको पूर्वानुमानयोग्य सरुवा सूचीसमेत प्रकाशन गरेको थियो। नेपाल प्रहरीमा यसअघि यस्तो अभ्यास गरिएको थिएन।





















