Spread the love

बुटवल, २४ जेठ ।

बुटवलमा सम्पन्न जुनियर जेसिआई जेन्जी कप २०२६ को उपाधि एड्रिक फुटसलले चुमेको छ । बुटवल जुनियर जेसिजको आयोजनामा एड्रिक फुटसल एरिनामा भएको फाईनल खेलमा लुम्बिनी फुटबललाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो। उपाधिसंगै एड्रिक नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो। उपविजेता लुम्बिनी फुटबल भने १२ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । प्रतियोगितामा एड्रिकका दर्शन बिक सर्वोत्कृत खेलाडी तथा युनिस केसी उत्कृष्ट गोलकिपरबाट पुरस्कृत भए ।

एक समारोहका बिच जेसिजका पूर्वअध्यक्ष मनोज भट्टराई, खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा बुटवल जेसिजका पूर्वअध्यक्ष मनोज भट्टराईले स्थापनाको एक दशक भएको अवसरमा गरिएको युवाहरुलाई रचनात्मक रुपमा अग्रसर गराउने गरि काम गरेको बताए । युवाहरुलाई नेतृत्व विकाससंगै अतिरिक्त गतिविधिमा जेसिजमार्फत जोड्ने अभियान निरन्तर चलिरहेको उनले बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष संकेत नेपालले खेलमार्फत युवाहरु बिच भातृत्व विकास गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए । जेठ २२ देखि संचालन भएको प्रतियोगितामा रुपन्देहीका २० टिम सहभागी रहेको कार्यक्रम संयोजक तथा सचिव आदर्श भट्टराईले बताए ।

 

 

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्