बुटवल, २४ जेठ ।
सामरिक महत्व बोकेको मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फुलबारी) मा पर्यटकलाई आकर्षक गर्ने नया आयाम थप्ने क्रम जारी छ । फुलबारीमा पार्क हस्पिटालिटीको अवधारणसहित शुरु भएको पूर्वाधार अन्तरगत सिढीमार्ग आईतबार सुभारम्भ गरिएको छ ।
एक समारोहका बिच लुम्बिनी प्रदेशका पूर्व स्वस्थ्यमन्त्री भोज प्रसाद श्रेष्ठ, राष्ट्रिय उद्यान महासंघ खेम प्रसाद लुईटेल, बुटवल उपमहानगरपालिका वडा नं २ का वडाअध्यक्ष सुनिल शाक्यले सिढीको उद्घाटन गरेका छन ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व स्वस्थ्यमन्त्री भोज प्रसाद श्रेष्ठले नया सोचका साथ अघि बढाईएका गतिविधिमा सधै साथ र सहयोग रहने प्रतिवद्धता जनाए ।
कार्यक्रममा समितिका अध्यक्ष माधव नेपालले पार्क हस्पिटालिटीको नया आयामका रुपमा पुराना सालका रुखहरुमा आकर्षक सजावट गर्ने र रेष्टुरेन्ट सेवा दिने योजना रहेको बताए । प्राकृति संरक्षणसंगै पर्यटकहरुलाई भुलाउन यस्ता संरचना महत्वपूर्ण हुने उनले बताए ।
लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालयको पर्यटन डिभिजन कार्यालयमार्फत ११ लाख ५५ हजार ४ सय ३२ रुपैया तथा समितिको २ लाख ३६ हजार ६ सय ३६ रुपैया लगानीमा सो तयार भएको समितिका कोषाध्यक्ष मिलेन्द्र श्रेष्ठले बताए । यसैगरि प्रदेश सरकारबाट बिनियोजित भएको १२ लाख रुपैया तथा समितिको १ लाख ७१ हजारमा बोरिङ खन्ने काम समेत उद्यान परिसरमा भैरहेको छ ।






















