Spread the love

भैरहवा, २४ जेठ ।

रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंतर्फ प्रस्थान गर्ने क्रममा एक भारतीय नागरिकको साथबाट ७ लाख ९५ हजार भारतीय रुपैयाँ बरामद भएको छ ।

विमानस्थल सुरक्षा जाँचका क्रममा भारतको आन्ध्र प्रदेश राज्यको प्रकाशम जिल्लाका ५९ वर्षीय भीमा श्रीनिवासको साथमा रहेको उक्त रकम फेला परेको प्रहरीले जनाएको छ ।

दिउँसो करिब ३ बजेर १० मिनेटमा काठमाडौंका लागि निर्धारित उडान नम्बर ८६० मा सवार हुन लागेका श्रीनिवासको खैरो रङको हाते झोला जाँच गर्दा रकम बरामद गरिएको हो । विमानस्थलको आन्तरिक टर्मिनलमा रहेको एक्सरे मेसिनबाट सामान परीक्षण गर्ने क्रममा ५०० दरका एक हजार ५९० थान भारतीय नोट फेला परेको बताइएको छ ।

रकमको स्रोत, उद्देश्य तथा कानुनी प्रक्रिया सम्बन्धमा थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमार्फत अवैध रूपमा ठूलो परिमाणमा नगद ओसारपसार हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा निकायले विमानस्थलमा निगरानी तथा जाँचलाई थप कडाइ गरेको जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्