काठमाडौँ,४ वैशाख । नेपाली बजारमा शुक्रबार सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार ८०० कायम भएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार ८०० मा कारोबार भएको थियो । शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार पाँच हजार एक सय ३० रूपैयाँमा कारोबार भएको छ । बिहीबार तोलामा पाँच हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको थियो ।



















